ऋतिक रोशनले छोडेको फिल्ममा सलमान खान !

बलिउड अभिनेता सलमान खान र निर्माता तथा निर्देशक संजय लिला भंसालीले लामो समय पछि फेरी एक साथ काम गर्न लागेको समाचार भारतीय संचार माध्यमहरुले प्रकाशीत गरेका छन् ।

समाचारका अनुसार संजय बाजीराव मस्तानीमा पनि सलमानलाई लिन चाहान्थे तर समय नमिलेकाले यि दुईलाई त्यो फिल्ममा सँगै काम गर्ने अवसर जुटेन । तर अब भने यि दुई मलायाम फिल्म पुलिमुरुगन को रिमेकमा सँगै काम गर्न गृहकार्यमा जुटेका छन् ।

संजय यो फिल्ममा पहिले ऋतिक रोशनलाई लिन चाहान्थे तर ऋतिकले यो फिल्म खेल्न अस्विकार गरेपछि सलमानलाई लिन लागीएको समाचारमा उल्लेख गरीएको छ । 

त्यसो त यो मलायम फिल्म पुलिमुरुगनको रिमेक गर्न दक्षीण भारतीय फिल्म मेकर मोहनलाल पनि लागी परेका छन् । तर पुलिमुरुगनका निर्माताले भने भित्री रुपमा संजय लिलालाई हिन्दी कपिराईट बिक्रि गरीसकेका छन् । सलमान पनि यसको रिमेकमा काम गर्न निकै उत्साहीत भएको बताईएको छ ।

२०१६ मा रिलिज भएको फिल्म पुलिमुरुगनले बक्स अफिसमा निकै राम्रो ब्यापार गरेको थियो । त्यसो त सलमान र संजय अर्को फिल्म इंशाअल्लाहमा पनि एक साथ काम गर्दैछन् । इंशाअल्लाह को नाम पनि भारतीय फिल्म बोर्डमा दर्ता पनि गरीसकीएको छ । 

Powered by Blogger.