आठ वर्ष पछि अभिषेक र ऐश्वर्या फेरी एकसाथ फिल्ममा देखीदै !

बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन फेरी एक साथ पर्दामा देखीने भएका छन् । 

यो रियल जोडीले पछिल्लो पटक २०१० मा फिल्म रावणमा देखीएका थिए ।

 रावण पछि अभिषेक र ऐश्वर्या अलग अलग भएर केही फिल्म गरेका थिए । अब यो जोडी गुलाव जामुन नामक फिल्ममा एक साथ देखीदैछन् । 

अनुराग कस्यपले निर्माण गर्ने यो फिल्मलाई फेन्टम फिलिम्सको ब्यानरमा शरबेश मेवारणाले निर्देशन गर्दैछन् ।

 बिवाह पछि यो जोडीले ८ ओटा फिल्ममा एकसाथ काम गरीसकेका छन्, भने यो फिल्म उनिहरुको ९ औं फिल्म हो । अब तुरुन्तै ऐश्वर्या अनिल कपुर सँग फिल्म फन्ने खानमा देखीदै छिन्, भने अभिषेक तापसी पन्नु सँग फिल्म मन मर्जीयाँमा देखीदै छन् । 

Powered by Blogger.