३४ वर्ष देखी महेश भट्टलाई ऋण तिर्दैछन्, अनुपम खेर !

बलिउडमा अभिनेता अनुपम खेर र निर्माता तथा निर्देशक महेश भट्ट निकै मिल्ने साथीको रुपमा परिचीत छन् ।
अनुपमलाई महेशले १९८४ मा निर्माण भएको फिल्म सारांश बाट डेब्यु गराएका थिए । 

उक्त फिल्ममा अनुपमले गरेको अभिनयको तारीफ गर्नबाट महेश मात्रै नभएर सिंगो बलिउड नै चुकेको थिएन् । त्यतीबेला सम्म सामान्य साथीको रुपमा मात्रै सिमीत रहेका महेश र अनुपम त्यस पछि निकै मिल्ने साथी बनेका थिए । 

अनुपमले महेशलाई साथीको रुपमा मात्रै नभएर आफ्नो गुरुको रुपमा पनि लिने गर्दछन् ।

१९८४ को फिल्म सारांश पछि अनुपमले जती पनि नयाँ प्रोजेक्ट साईन गर्छन्, ति सबैबाट केही न केही रकम महेशलाई गुरु दक्षीणाको रुपमा चढाउने गर्दछन् ।

त्यती मात्रै नभएर अनुपमले पछिल्लो ३४ वर्षमा जुनसुकै प्रोजेक्टको अफर आएपनि सबै भन्दा पहिले महेशलाई नै बताउने गर्दछन् । यसै क्रममा अनुपमले केही समय पहिले एउटा ब्रिटिस शो को साईन गरेका थिए । साईन गर्ने बित्तिकै अनुपम केही रकम लिएर महेशको घरमा पुगेका थिए । उक्त समयको फोटो अनुपमले ट्वीटर मार्फत सार्वजनीक गर्दै, भनेका छन्,मलाई फिल्म क्षेत्रमा काम गर्ने अवसर दिनु भएकोमा गुरु दक्षीणाको रुपमा ऋण तिर्दै छु । 

Powered by Blogger.