नरगिस देखी बिनोद खन्ना सम्म, यि हुन क्यान्सरको कारण ज्यान गुमाएका ७ कलाकार !

पछिल्लो समय बलिउड अभिनेता ईरफान खान क्यान्सरको कारण अस्वस्थ भएको समाचार सेलाउन नपाउँदै बलिउडकी अर्की अभिनेत्री सोनाली बेन्द्रेलाई पनि क्यान्सर भएको समाचार प्रकाशीत भएको छ । सोनाली अहिले अमेरीकामा बसेर क्यान्सरको उपचार गराई रहेको बताईएको छ । 

यसै क्रममा भारतीय संचार माध्यमहरुले क्यान्सरको कारण ज्यान गुमाएका बलिउड अभिनेता अभिनेत्रीहरुको विषयमा समाचार प्रकाशीत गरेका छन् ।

बलिउडका पुराना अभिनेता बिनोद खन्नाले ७० वर्षको उमेरमा गत वर्ष ज्यान गुमाएका थिए । करिब १४४ ओटा फिल्ममा अभिनय गरेका खन्ना क्यान्सर भएपछि लामो समय सम्म हस्पिटलमा बसे तर उनलाई हस्पिटलले बचाउन सकेन् । 

अभिनेत्री नरगिस दत्तले पनि क्यान्सरको कारणले नै ज्यान गुमाएकी थिईन् । १९५७ को फिल्म मदर ईन्डीयाबाट एका एक बलिउडमा चर्चा कमाएकी नरगिसले पनि क्यान्सर भएपछि लामो समय अमेरीमा बसेर उपचार गराईन् । अमेरीकाको उपचारले उनको स्वास्थ्यमा केही सुधार आएपछि उनलाई भारत फर्काईयो । फर्केको केही महिनामै उनको क्यान्सर फेरी बल्झीयो र मुम्बैको ब्रिज क्यान्डी हस्पिटलमा उनको पुनःउपचार सुरु गरीयो । तर नरगीस लामो समय सम्म बाँच्न सकिनन् । ब्रिज हस्पिटलमा गएको ३ दिनमा उनको निधन भयो ।

अभिनेता राजेश खन्नाले पनि क्यान्सरको कारणले नै ज्यान गुमाएका थिए । करिब १६८ ओटा फिल्ममा अभिनय गरेका खन्नाले पनि लामो समय सम्म क्यान्सरको उपचार गराएका थिए । तर रोग निको नहुने देखेपछि खन्नालाई घरमै ल्याएर राखीयो र उनले पनि २०१२ जुलाई १८ मा ज्यान गुमाए । उनको ६९ वर्षको उमेरमा निधन भएको थियो ।

पछिल्लो समय वेल कम फिल्ममा आर.डिएक्सको भुमिकामा अभिनय गरेका फिरोज खानले पनि क्यान्सरकै कारण ज्यान जुमाएका थिए । लामो समय सम्म उपचार गराउँदा पनि क्यान्सर निको नभए पछि २००९ अप्रिल २७ मा ६९ वर्षको उमेरमा खानको निधन भएको थियो ।

बलिउडका निकै चर्चीत संगीतकार तथा गायक आदेश श्रीवास्तबलाई पनि क्यान्सले नै लगेको थियो । आदेशको निधन २०१५ सेक्टेम्बर ५ मा मुम्बैमा आफ्नै निवासमा भएको थियो ।

भारतको राष्ट्रिय पुरस्कार पद्यम श्री बाट सम्मानीत भएका अभिनेता तथा लेखक टम आल्टरले पनि क्यान्सको कारणले नै ज्यान गुमाएका थिए । आल्टर बिदेशी नागरीक भए पनि उनले आफ्नो सम्पुर्ण जिवन भारतमै बिताएका थिए । ३०० भन्दा धेरै फिल्म तथा टेलिफिल्ममा काम गरेका आल्टरलाई भारतीयहरुले अभिनेता भन्दा पनि राम्रो लेखकको रुपमा चिन्ने गर्दछन् । उनका दर्जनौं कृतीहरु भारतमा निकै लोकप्रिय रहेका छन् । 

Powered by Blogger.