मोफसल टुरमा ब्यस्त चलचित्र बोबी टिम !

असार २९ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र बोबी अहिले प्रचार प्रसारमा निकै ब्यस्त रहेको छ । केहि दिन अगाडी कलाकार सहित मोफसल टुरमा निस्किएको बोबी निर्माण टिम पोखरा चितवनमा पत्रकार भेटघाट कार्यक्रम सकेपछि कन्र्सटमा जुटेको छ ।

मोफसल पत्रकार भेटघाटको क्रममा निर्माता तथा निर्देशक मिलन चाम्सले बोबीमा मुख्य भुमिकामा अभिनय गरेका उमेश थापा र कबिता गुरुङ्गको जिवन कथा मन परेकाले नै यो फिल्म निर्माण गरेको बताए । उनले अगाडी थपे- उमेश र कविताको जिवन कथाले आमा दर्शकलाई पनि केही गर्न हौसला दिने छ ।

चलचित्रमा उमेश कविता,विजय सँगै रुबि राण,देशभक्त खनाल,बादल भट्ट,सुरबिर पण्डीत,पुर्णीमा लामा,शिशिर राण,रश्मि भट्ट लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

चाम्स ईन्टरटेन्मेन्ट र लण्डन सिनेआईको ब्यानरमा निर्माण भएको बोबीमा नरेश भट्टराई,गिरिराज घिमिरेको लेखन,अर्जुन जिसिको सम्पादन,बसन्त सापकोटा,ताराप्रकास लिम्बुको संगीत र नवराजकृष्ण थापाको छायांकन रहेको छ । 

Powered by Blogger.