सुरु भयो (बोबी लाईभ कन्सर्ट - नेपाल टुर)

  
बेबी लाईभ कन्र्सट नेपाल टुर नाम दिईएको कार्यक्रम असार १८ गते पोखराको (सभागृह मिडटाउन) १९ गते चितवनको (नारायणी रिभर साईड)२० गते हेटौडाको (बुद्ध चोक) २१ गते ईटहरीको (ईटहरी मल आई सिनेमा)२१ गते धरानको (बसपार्क)२२ गते दमकको (गोर्कण डिपार्टमेन्ट)२२ गते बिर्तामोडको (हनुमान कम्प्लेक्स)२५ गते काठमान्डौंको (बिजि मल)२५ गते ललितपुरको (लगनखेल)२६ गते किर्तिपुर र भक्तपुरको सुर्य बिनायकमा कन्र्सट गर्दै बोबी टिमले टुर अन्त्य गर्ने छ । 

यो टुरमा गायक राजेशपायल राई,टिभिसिरियल भद्रगोलकाका चर्चीत कलाकारहरु कक्रोज र बले,अभिनेता बिजय लामा,गायक तथा संगीतकार ताराप्रकास लिम्बु,गायीका दिपा लामा,बोबीका मुख्य अभिनेता र अभिनेत्री उमेश थापा,कविता गुरुङ्ग सँगै  निर्माता तथा निर्देशक मिलन चाम्सको पनि सहभागीता रहने छ ।

बोबीलाई चाम्स ईन्टरटेन्मेन्टको ब्यानरमा मिलन चम्सले निर्माता तथा निर्देशन गरेका हुन, भने चलचित्रमा नरेश भट्टराई,गिरिराज घिमिरेको लेखन,अर्जुन जिसिको सम्पादन,नवराजकृष्ण थापाको छायांकन,बसन्त सापकोटा र ताराप्रकास लिम्बुको संगीत रहेको छ । 




Powered by Blogger.