सिंगापुरमा प्रर्दशन हुँदै ब्लाईन्ड रक्स !

दृश्टी बिहिन युवती श्रृष्टी केसीको बायोपिक चलचित्र ब्लाईन्ड रक्स माग बढ्ने क्रम रोकीएको छैन् । नेपालका सिनेमा घरहरुमा प्रर्दशन भएर उत्रिएको महिनौं बिति सक्दा पनि बिदेशका बिभिन्न ठाउँहरुमा यो चलचित्र प्रर्दशन हुने क्रम जारी रहेको छ ।

यसै क्रममा यो चलचित्र असार ३० र ३१ गते अर्थात आज र भोली (जुलाई १४ र १५ )मा सिंगापुरमा प्रर्दशन हुन लागेको निर्माता निकेश लिम्बुले बताएका छन् ।

सिंगापुर पुर्व गोर्खा सैनीक फाउन्डेसनको सहयोर्गाथ यो चलचित्रको सिंगापुरमा च्यारीटी शो गर्न लागीएको बताईएको छ ।

ब्लाईन्ड रक्सलाई एनसी ईन्टरटेन्मेन्ट ग्रुप र गोर्खा प्यालेस सिंगापुरले संयुक्त रुपमा सिंगापुरको कार्निभल सिनेमाज्मा प्रर्दशन गर्न लागेका हुन् ।

निकेश लिम्बुले निर्माण गरेको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् भने चलचित्रमा बेनिशा हमाल,अर्पण थापा, गौरी मल्ल लगायत कलाकारले अभिनय गरेका छन् । 

Powered by Blogger.