बाबु कान्छाको शिर्ष गित रिलिज (भिडियो सहित)

चलचित्र बाबु कान्छाले शिर्ष गित रिलिज गरेको छ । असार २९ गतेबाट प्रर्दशन हुन लागेको यो चलचित्रले मंगलबाट शिर्ष गित रिलिज गरेको हो । 

टंक बुढाथोकीको शब्द तथा संगीत रहेको यो गितमा सम्भुजीत बाँस्कोटाले स्वर दिएका छन् ।

सोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको यो चलचित्रमा सलोन बस्नेत,करिस्मा श्रेष्ठ,निर शाह,अश्लिन ज्ञवाली,ज्योत्सना मर्हजन,सरोज खनाल,राजाराम पौडेल,लय संग्रौला,ऋतिक शाही,सम्रट सापकोटा,गिता अधिकारी,मञ्जु पौडेल,शुशान्त श्रेष्ठ,रामेश्वर रिजाल,बिक्रम कंडेल लगायत कलाकारहरुले अभिनय गरेका छन् । 

रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरेको पनि लगानी रहेको छ ।

चलचित्रमा टंक बुढाथोकीको संगीत,गौतमराज खड्काको सम्पादन,अष्ट मर्हजनको एक्सन,बाबु श्रेष्ठ,कृष्ण श्रेष्ठको छायांकन,रामजि लामिछाने, दिपेन्द्र तिमल्सीनाको कोरीयोग्राफी रहेको छ । 



Powered by Blogger.