एउटै कन्र्सटबाट यसरी उठ्यो ६९ लाख !

अमेरीकको सान फ्रन्सिस्कोमा नेपाली म्युजीक फेस्टिभल २०१८ सम्पन्न भएको छ । हिमालय फाउन्डेसन कर्पले आयोजना गरेको यो कार्यक्रममा अन्जु पन्त,राजु लामा र द एक्स ब्यान्डका कलाकारहरुले प्रस्तुती दिएका दिएका थिए । 

पोखराको निर्माणधीन कराँते प्रशिक्षण केन्द्रको सहयोगार्थ गरीएको यस कार्यक्रमबाट एकै शो मा ६९ लाख रकम उठेको बताईएको छ ।

उक्त कार्यक्रममा सात सय भन्दा धेरै नेपाली दर्शकको उपस्थिती रहेको आयोजक हिमालयन फाउन्डेसनका अध्यक्ष यज्ञलाल श्रेष्ठले बताएका छन् ।

कराँते प्रशिक्षण केन्द्र निर्माणको लागी गार्मेट ईन्नोभेसनका प्रमुख मार्क नेमिकबाट ११ हजार डलर, केटिएम ग्रुप एलएलसी र सान फ्रान्सिस्को होलसेलकी प्रमुख तथा हिमालय फउन्डेसनकी प्रमुख टीण्डु शेर्पाबाट ११ हजार डलर, रामबाबु पाण्डेबाट ५ हजार डलर सहयोग उठेको थियो भने अन्य रकम टिकट बिक्रीबाट उठेको आयोजकले बताएको छ । 

उक्त कार्यक्रमलाई नारायण पुरीले संचालन गरेका थिए ।

Powered by Blogger.