पति अजय देवगनको प्रस्तापले तनावमा काजोल !

गत वर्ष बलिउड अभिनेता अजय देवगनले आफ्नो ड्रिम प्रोजेक्टको रुपमा फिल्म तानाजी निर्माण गर्ने घोषणा गरेका थिए । करिब एक वर्ष बितिसक्दा पनि निर्माण हुने सुरसार नदेखीएको यो फिल्मको अब भने काम सुरु गरीन लागेको समाचार भारतीय संचार माध्यमहरुले प्रकाशीत गरेका छन् । 

अजय देवगनको होम प्रोडक्सनमा बन्ने यो फिल्मको निर्देशन ओम राउतले गर्दै छन्, भने लगानी एक सय पचास करोड भन्दा धेरै रहने बताईएको छ ।

भगवान शिवका भक्त अजय देवगन आफैले मुख्य भुमिकामा अभिनय गर्ने यो फिल्मको कथा छत्रपति शिवाजीका सेनापती तानाजी मालुसरेको जिवनमा आधारीत रहने बताईएको छ, भने अजयको अपोजीटमा उनकै पत्नी काजोलले अभिनय गर्ने भएकी छिन् ।

मराठी योद्धा तानाजीको पत्नीको भुमिकामा अभिनय गर्न पती अजयले अफर गरेपछि काजोल केही नतावमा रहेको समाचार पनि प्रकाशीत भएका छन् । मराठी बोल्न नजान्ने काजलले अब भने मराठी भाषा सिक्नु पर्ने भएको छ ।

२००८ मा प्रर्दशन भएको फिल्म यू मि और हम मा एक साथ देखीएका अजय र काजोल करिब १० वर्ष पनि तानाजी मा फेरी एकै पटक देखीने भएका छन् । 

Powered by Blogger.