यस्तो छ १२ मासे को ट्रेलर (भिडियो सहित)

हाँस्यप्रधान चलचित्र १२ मासेको ट्रेलर रिलिज गरिएको छ । मंगलबार निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गरि यो चलचित्रको ट्रेलर रिलिज गरेको हो ।

यो चलचित्रलाई लय संग्रौलाले निर्देशन गरेका हुन्, भने प्रदिप पाठकले लेखन तथा निर्माण गरेका हुन् ।
१२ मासेमा जय किसन बस्नेत,मरिचमान श्रेष्ठ,पुजना प्रधान,प्रदिप पाठक,सोनिका बास्तोला,सबनम दाहाल,पुरन थापा,राधा श्रेष्ठ लगायत कलाकारहरुको अभिनय रहेको छ, भने चलचित्रमा बासु न्यौपानेको छायांकन,अर्जुन पोख्रेल र कल्याण शिंहको संगीत र अनन्त घिमिरेको सम्पादन रहेको छ । 

१२ मासे भदौ १ गतेबाट सार्वजनीक प्रर्दशन हुँदैछ । 





Powered by Blogger.