देशभर ७५ ओटा पर्दामा तिमी हुन्छौं जहाँ जहाँ !


आज सुक्रबारबाट प्रर्दशन भएको चलचित्र तिमी हुन्छौ जहाँ जहाँ राजधानीमा १७ ओटा पर्दा र मोफसलमा ५८ ओटा गरी कुल ७५ ओटा पर्दामा प्रर्दशन भैरहेको निर्माण पक्षले बताएको छ ।

यो चलचित्रले दर्शकबाट कस्तो प्रतिकृया पायो भन्ने चाँई अहिले सम्म खुलेको छैन् ।

बि एण्ड बि फिलिम्सको ब्यानरमा डालचन्द्र दवाडी,मदन दवाडी,हरिप्रसाद अधिकारी निर्माता र प्रकास बासकोटा कार्यकारी निर्माता रहेको यो चलचित्रलाई बिकास बस्यालले लेखन तथा निर्देशन गरेका छन् ।

तिमी हुन्छौ जहाँ जहाँमा मनिष सुन्दर श्रेष्ठ,मलिना जोशी,तमन्ना केसी,रबि गिरि,बिश्व बस्नेत,रुपा राना,स्वरुपपुरुष ढकाल लगायत कलाकारहरुले अभिनय गरेका छन्, भने चलचित्रमा रामशरण उप्रेतीको छायांकन,अर्जुन पोख्रेलको संगीत,रोशन श्रेष्ठको एक्सन रहेको छ । 

मल्टिप्लेक्समा राम्रो उपस्थिती जनाउन नसकेको यो चलचित्रले सिंगल थिएटरमा भने आषा जनक नै ब्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ ।



Powered by Blogger.