यस्तो छ (तिमी हुन्छौ जहाँ जहाँ) को ब्यापारीक रिर्पोट !

सुक्रबारबाट प्रर्दशन आरम्भ गरेको चलचित्र तिमी हुन्छौ जहाँ जहाँ ले सुक्रबार र शनिबारको ब्यापारीक रिपोर्ट सार्वजनीक गरेको छ । 

देशभर कुल ७५ पर्दामा एकसाथ प्रर्दशन भएको यो चलचित्रले सुक्रबार र शनिबार तिस लाखको ब्यापार गरेको निर्माण पक्षले नेप्लीउडलाई जानकारी गराएको छ । 


बि एण्ड बि फिलिम्सको ब्यानरमा डालचन्द्र दवाडी,मदन दवाडी,हरिप्रसाद अधिकारी निर्माता र प्रकास बासकोटा कार्यकारी निर्माता रहेको यो चलचित्रलाई बिकास बस्यालले लेखन तथा निर्देशन गरेका छन् ।

तिमी हुन्छौ जहाँ जहाँमा मनिष सुन्दर श्रेष्ठ,मलिना जोशी,तमन्ना केसी,रबि गिरि,बिश्व बस्नेत,रुपा राना,स्वरुपपुरुष ढकाल लगायत कलाकारहरुले अभिनय गरेका छन्, भने चलचित्रमा रामशरण उप्रेतीको छायांकन,अर्जुन पोख्रेलको संगीत,रोशन श्रेष्ठको एक्सन रहेको छ । 


Powered by Blogger.