मोफसलमा (तिमी हुन्छौ जहाँ जहाँ) टिम !

असार ८ गतेबार देशभर एक साथ प्रर्दशन हुन लागेको चलचित्र तिमी हुन्छौ जहाँ जहाँ टिम यतीबेला देश दौडाहमा निस्किएको छ । यो टिमले बुधबार चितवनमा पत्रकार भेटघाट गरेको छ । 

काठमान्डौ,पोखरा,बुटवल हुँदै चितवन पुगेको यो टिम अब हेटौडा, ईटहरी,धरान,बिर्तामोड सम्म पुग्ने बताईएको छ ।

प्रचार प्रसारको लागी पुर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशी,अभिनेता मनिष सुन्दर श्रेष्ठ, नव अभिनेत्री तमन्ना केसी सँगै निर्माताहरु डालचन्द्र दवाडी,प्रकास बाँसकोटा लगायत देश दौडाहमा निस्किएका छन् ।

मोफसल प्रचार प्रसारमा दौडीएका कलाकार तथा निर्माण टिमले चलचित्र उत्कृष्ठ बनेको हुनाले पैसा तिरेर हेरका र्दशकलाई पछुतो नहुने दाबी गरेका छन् । 

बिकास बस्यालको निर्देशनमा बनेको यो चलचित्रमा मलिना,मनिष र तमन्ना सँगै रवि गिरि,रुपा राना,बिश्व बस्नेत,स्वरुपपुरुष ढकाल,गिता अधिकारी सँगै अतिथि भुमिकामा वर्षा शिवाकोटीले पनि अभिनय गरेकी छिन्, भने चलचित्रमा अर्जुन पोख्रेलको संगीत,कबिराज गहतराजको कोरीयोग्राफी र रामशरण उप्रेतीको छायांकन रहेको छ ।

तिमी हुन्छौ जहाँ जहाँलाई बि एण्ड बि फिलिम्सको ब्यानरमा मदन दवाडी,डालचन्द्र दवाडी,हरी प्रकास अधिकारी र प्रकास बाँसकोटाले मिलेर निर्माण गरेका हुन ।





Powered by Blogger.