(तिमी हुन्छौ जहाँ जहाँ )को प्रचार प्रसारमा तिब्रता !


असार ८ गतेलाई प्रर्दशन मिती तोकेको चलचित्र (तिमी हुन्छौ जाहाँ जहाँ) ले प्रचार प्रसारलाई तिब्र बनाएको छ । प्रर्दशन मिती नजिकीदै गर्दा यो चलचित्रको निर्माण पक्षले आज सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रचार प्रसारलाई तिब्र बनाएको संकेत दिएको हो । 

यो टिम भोली मंगलबारबाट देश दौडाहमा पनि जाने भएको छ । (तिमी हुन्छौ जहाँ जहाँ)को टिम सुरुमा पोखरा पुग्ने छ, भने त्यहाँबाट बुटवल,नारायणघाट,हेटौडा,ईटहरी,धरान,दमक, बिराटनगर हुँदै करिब ३ दिनमा राजधानी फर्कीने बताईएको छ ।

सोमबार राजधानीमा गरेको पत्रकार भेटघाटमा निर्देशक बिकास बस्यालले आफु यो क्षेत्रमा अनुभवी भएको कारणले गर्दा दर्शकलाई मन पर्ने चलचित्र बनाएको दाबी गरेका छन् । त्यसै गरी अभिनेत्री मलिना जोशीले पनि यो चलचित्रको स्कृप्ट मन परेकै कारणले गर्दा यसमा काम गरेको बताईन् । 

निर्देशक, निर्माता र अभिनेत्रीले चलचित्र उत्कृष्ठ बनेको दाबी गरेता पनि साँच्चीकै यो चलचित्र कस्तो बनेको छ भन्नको असार ८ गते नै कुर्नु पर्ने भएको छ । 

(तिमी हुन्छौ जहाँ जहाँ)लाई मदन दवाडी,डालचन्द्र दवाडी,हरी प्रकास अधिकारी र प्रकास बाँसकोटाले संयुक्त रुपमा निर्माण गरेका हुन, भने चलचित्रमा मलिना जोशी,मनिष सुन्दर श्रेष्ठ,रबि गिरि, तमन्ना केसी,रुपा राना,स्वरुपपुरुष ढकाल,विश्व बस्नेत, गिता अधिकारी लगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा अर्जुन पोख्रेलको संगीत,कबिराज गहतराजको कोरीयोग्राफी र रामशरण उप्रेतीको छायांकन रहेको छ । 



Powered by Blogger.