तेरियाले फिल्म खेल्ने समाचार झुट !


भारतीय टेलिभिजन कार्यक्रम डिआईडीको सिजन ३ बिजेता तेरिया मगरले आफुले नेपाली फिल्म खेल्न लागेको समाचार प्रति आपत्ती जनाएकी छिन् । उनले आफ्नो फेसबुक पेज मार्फत त्यो समाचार गलत भएको बताएकी हुन् । 

केही दिन अघि तेरियाले म्याक्टेन कालुको निर्देशनमा बन्न लागेको चलचित्र मायाँ मोलमा अनुबन्धीत भएको भन्ने समाचार केही अनलाई मिडियाहरुमा आएको थियो । 

तेरियाले उक्त समाचारको खण्डन गर्दै अगाडी भनेकी छिन्,- बिभिन्न समाचार माध्यमहरुमा आईरहेको भ्रमात्मक समाचार प्रति मेरो ध्यानाकर्षण भएको छ । म आजका दिन सम्म कुनै फिल्ममा अनुबन्धित भएकी छैन । साथै म फिल्म खेल्ने तयारीमा पनि छैन् । झुटो समाचारले मेरा शुभचिन्तकहरुमा उत्साह र निरासा प्रति क्षमा याचना गर्न चाहान्छु । 
तेरियाले मिडियाकर्मीहरुलाई पनि फेसबुक मार्फत सत्य तथ्य बुझेर मात्रै समाचार बनाईदिन आग्रह समेत गरेकी छिन् । 


Powered by Blogger.