श्रावण २५ बाट टिनएज !

युवा पुस्तालाई लच्छित गरेर दिनेश पाख्रीनले निर्देशन गरेको चलचित्र टिनएज ले प्रर्दशन मिती तोकेको छ । अब यो चलचित्र श्रावण २५ गतेबाट प्रर्दशन हुने भएको छ ।

यो चलचित्र नेपाल भन्दा पहिला जापान र कोरीयामा प्रर्दशन हुने, निर्देशक पाख्रीनले जानकारी गराएका छन् ।
करिब २ दशक देखी चलचित्र क्षेत्रमा नृत्य निर्देशक भएर काम गरेको अनुभवलाई चलचित्र टिनएज मा खर्च गरेको पनि निर्देशक पाख्रीनले नेप्लीउडलाई बताएका छन् ।

हेलेन पाख्रीन फिलिम्सको ब्यानरमा हेलेन पाख्रीनको प्रस्तुतीमा बुद्धिमान स्याङ्गतान,बिरु मगर,देबीका खड्की र निमायाँ पाख्रीनले टिनएजलाई संयुक्त रुपमा निर्माण गरेका छन् ।

चलचित्रमा नरेश बिसि,एन्जिला खड्की,कृष्ण सिवाकोटी,सरोज शाह,सरिता राज भण्डारी,रेसम फिरिरि,निर्मल स्याङ्गतान, प्रतिक्षा खड्का लगायत कलाकारहरुको अभिनय रहेको छ, भने बसन्त सापकोटा, बिकास चौधरीको संगीत, दिक्षा पाख्रीन,जनक कार्की,लिगेश भट्टराई,सोम लामा र दिपक सिं को कोरीयोग्राफी रहेको छ । 

Powered by Blogger.