यस कारण सधै फिट रहन्छीन्, शिल्पा सेट्टी !


१९७५ जुन ८ मा भारतको कर्नाटकमा जन्मियकी अभिनेत्री तथा अहिलेकी योग गुरु शिल्पा सेट्टीले आज ४३ औं जन्मदिन मनाई रहेको समाचार भारतीय संचार माध्यमहरुले प्रकाशीत गरेका छन् ।

उनले १९९३ मा फिल्म बाजीगरबाट अभिनयमा डेब्यु गरेकी थिईन् । सधै जवान र फिट देखीने शिल्पा २००९ मा बैवाहीक बन्धनमा बाँधीएकी थिईन्, भने २०१२ मा सन्तान जन्माएकी थिईन् । 

यसै अवसरमा भारतीय संचार माध्यमहरुले शिल्पा सधै फिट रहनुको केही टिप्सहरु पनि सार्वजनीक गरेका छन् ।

शिल्पाले यसको लागी हप्तामा पाँच दिन शारीरीक ब्यायम गर्ने गर्छिन् । त्यो पाँच दिन मध्ये उनि दुई दिन योगा गर्छीन भने तिन दिन अन्य शारीरीक ब्यायम गर्ने गर्दछीन् ।

यो सँगै उनले खानपीनमा पनि ध्यान दिने गर्दछीन् । शिल्पाले बिहान उठ्ने बित्तीकै अवला वा एलोबेराको जुस मार्फत १८०० क्यालोरी खाने गर्दछीन् । त्यसपछि उनी कार्वोहाईड्रेड पनि लिन बिर्षिन्नीन् । चियामा उनि सधै ग्रिन टि मात्रै सेवन गर्छीन् ।

योगा गरीसकेपछि शिल्पा आवस्यकता अनुसार प्रोटीन खाने गर्छीन भने, खानामा भेजीटेवललाई विषेश महत्व दिने गर्छीन् ।



Powered by Blogger.