सकियो ‘सयकडा दश’ को छायांकन !

चलचित्र सयकडा दशको छायांकन सकिएको छ । यो चलचित्रको छायांकन सकिएपछि निर्माण पक्षले चलचित्रका केही तस्विरहरु पनि सार्वजनीक गरेको छ । 

सयकडा दशको छायांकन काठमाडौं, पोखरा, सिन्धुली र पाँचथरमा गरीएको हो ।  

रामशरण पाठकको निर्देशनमा बनेको यो चलचित्रलाई मंसिरमा प्रर्दशन गर्ने तयारी निर्माण पक्षले गरेको छ । 

यो चलचित्रमा मनोज गजुरेल मुख्य भुमिकामा देखीएका छन्, भने उनि सँगै अमृत ढुंगाना, करुणा श्रेष्ठ,राजाराम पौडेल,रवि डंगोल,रश्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौला लगायत कलाकारहरुले अभिनय गरेका छन् । 

चलचित्रमा रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत रहेको छ ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई रन्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । 


Powered by Blogger.