संजु बिरुद्ध महिला आयोगमा उजुरी ! के सहज रिलिज होला त संजु ?

संजय दत्तको बायोपीक चलचित्र संजुको एउटा संवाद माथी आपत्ती जनाउँदै महिला आयोगमा रणबिर कपुर र अनुष्का शर्मालाई बिपक्षी बनाउँदै उजुरी दर्ता गरिएको समाचार भारतीय संचारमाध्यमहरुले प्रकाशीत गरेका छन् ।

उजुरीमा अनुष्का र रणबिरले यौन ब्यावसायी महिला माथी अपमान जनक शब्द प्रयोग गरेको आरोप लगाईएको छ ।

रिलिज गरिएको यो फिल्मको ट्रेलरमा अनुष्काले रणबिरलाई, तिमी आफ्नो श्रीमती भन्दा बाहीर कति जना सँग सुत्यौं ? भनेर सोध्दा, जवाफमा रणबिरले, यौन ब्यावसायीलाई छोडेर ३०८ सम्म आफुलाई सम्झना भएको बताएका छन् ।

उजुरी कर्ताले यहि संवादले यौन ब्यावसायीहरुको अपमान भएको दाबी गरेको, समाचारमा उल्लेख गरीएको छ ।

यो उजुरीले प्रर्दशनको संघारमा रहेको संजुको प्रचार प्रसारमा सघाउ पुर्याउँछ, अथवा प्रर्दशनमै बाधा अड्चन ल्याउँछ, त्यो भने यसै भन्न सक्ने अवस्था छैन् । 

Powered by Blogger.