प्रकास लागे चोरी डकैती तर्फ,संजयलाई भ्याई नभ्याई !


बलिउडमा राजनीती बिषय वस्तु माथी फिल्म बनाउन माहीर मानीएका निर्देशक प्रकास झा अब भने चोरी डकैती माथी फिल्म बनाउने भएका छन् । गंगाजल,राजनीती, आरक्षण जस्ता चर्चीत फिल्म बनाएर बलिउडमा बेग्लै पहिचान बनाएका प्रकासले चोरी डकैती माथी बनाउने फिल्ममा कत्तिको सफल हुने हुन त्यो भने हेर्न बाँकी नै रहेको छ । 

अजय देबगण र नाना पाटेकरलाई कहिले नछोड्ने प्रकासले यो पटक भने संजय दत्त र सिद्धार्थ मल्होत्रलाई लिएर काम गर्न लागेको समाचार प्रकाशीत भैरहेका छन् । संजय पनि प्रकास झाको फिल्म खेल्न पाउँदा निकै उत्साहीत रहेको समाचारमा बताईएको छ । 

त्यसो त करिब एक वर्ष पहिले प्रकास,अजय र नाना बिच केही खटपट भएको भन्ने समाचार पनि प्रकाशीत भएका थिए । के त्यही खटपटका कारणले नै प्रकासले नाना र अजयलाई छाडेका हुन त ? यो विषयमा भने प्रकासले अहिले सम्म मुख खोलेका छैनन् । 

त्यसो त यो वर्ष संजय दत्तलाई भ्याई नभ्याई नै हुने भएको छ । हालै मात्र फिल्म टोरबाजको छायांकन सकेका संजय अब धर्मा प्रोडक्सनको कलंक,एसराज फिलिम्सको शमशेरा, हाउसफुल ३, साहब बिबि और ग्यांगस्टार ३, प्रस्थानम्, र पानीपत फिल्ममा काम गर्ने भएका छन् ।





Powered by Blogger.