सुरु भयो ऋषी कपुर र सलमान खान बिच सित युद्ध !


बलिउड अभिनेता सलमान खानले ऋषी कपुर माथी रिस पोखेका छन् । उनले एक अंगे्रजी पत्रिकालाई अन्र्तवार्ता दिने क्रममा घुमाउरो तरिकाले ऋषी माथी रिस पोखेको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

बिगत ३० वर्ष देखी भारतीय चलचित्र क्षेत्रमा काम गरिरहेका सलमानले बलिउडमा आफ्नो कोही पनि शत्रु नभएको बताए पनि कपुर खानदान आफुलाई मन नपर्ने बताएको पनि समाचारमा उल्लेख गरीएको छ ।

त्यसो त केही दिन यता भारतीय संचार माध्यमहरुले ऋषी र सलमान बिच खटपट चलिरहेको समाचार पनि प्रकाशीत गरिरहेका छन् । यसै क्रममा आएको सलमानको यो अभिबेक्तीले उनिहरु बिच साँच्चीकै खटपट भएको हुन सक्ने आंकलन गरीएको छ ।

८ मे. का दिन सोनम कपुरको बैवाहीक समारोहमा सलमानको बुहारी, सोहेल खानको श्रीमती र ऋषी कपुरको बहिनी बिच केही बिवाद भएको थियो । सोही बिवादकै क्रममा ऋषीले सलमालाई सामान्यतया गाली पनि गरेका थिए । यही कारणले गर्दा यि दुई बिच सित युद्ध सुरु भएको आंकलन गरीएको छ ।





Powered by Blogger.