दर्शकको प्रतिकृयाले सलमानलाई तनाव !

पछिल्लो समय प्रर्दशन भएको सलमान खानको चलचित्र रेश ३ लाई दर्शक,क्रिटिक्स सबै तिरबाट लगातार नकारात्मक प्रतिकृया आईरहेको, भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

यस्तैमा सलमानका फ्यानहरुले अब उप्रान्त सलमानका कुनै पनि फिल्म नर्हेने र दबंग ३ पनि बहिस्कार गर्ने बताएको समाचारमा उल्लेख गरीएको छ ।

केही फ्यानहरु भने सलमानलाई सल्लाह पनि दिईरहेको उल्लेख गरीएको छ । एक जना फ्यानले ट्वीटमा सलमानलाई मेन्सन गर्दै, १० वर्ष देखी चलेको सलमानको मसालेदा फर्मुला अब नचल्ने, भन्दै उनलाई अब यस्ता फिल्म नखेल्न र नबनाउन सल्लाह पनि दिएका छन् । 

यस्तैमा अर्का एक जना फ्यानले, रेश ३ ले दर्शकलाई मानसीक तनाव दिएको भन्नै सलमानलाई त्यसको क्षतीपुर्ती बेर्होन पनि भनेको समाचारमा उल्लेख गरीएको छ ।




Powered by Blogger.