निरहुवाको अगाडी टिकेन सलमानको क्रेज !

सलमान खान अभिनित तथा निर्मित फिल्म रेश ३ ले प्रर्दशन भएको ३ दिन सिंगो भारतमा अत्याधीक ब्यापार गरेको समाचार प्रकाशीत भैरहदा त्यसको ठिक बिपरीतको अर्को समाचार पनि प्रकाशीत भएको छ । 

भारतको सबै भन्दा ठुलो प्रान्त उत्तर प्रदेश, बिहारमा भने रेश ३ नराम्रो सँग फ्लप भएको समाचार भारतीय संचार माध्यमहरुले प्रकाशीत गरेका छन् ।

फिल्म रेश ३ र भोजपुरी सुपरस्टार निरहुवा अभिनित फिल्म बोर्डर उत्तर प्रदेश, बिहारमा एक साथ प्रर्दशन भएका थिए । तर बोर्डर प्रर्दशन भएदेखी अहिले सम्म त्यहाँका प्राय सबै हलमा हाउसफुल भएको र रेश ३ हेर्न छिटफुट दर्शक मात्रै भएको समाचारमा बताईएको छ । 

फिल्म बोर्डरबाट उत्तर प्रदेश,बिहारमा निरहुवाको अगाडी सलमान खान फिक्का लागेको बताईएको छ । 

Powered by Blogger.