यस्तो छ, दोश्रो पोस्टरमा रोमियो एण्ड मुना !

साउन ११ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र रोमियो एण्ड मुनाले प्रचार प्रसारलाई तिब्र पार्दै गएको छ । 

केही दिन पहिले कलाकार बिनाको प्रेम झल्काउने पोस्टर रिलिज गरेको यो चलचित्रले मंगलबार त्यो भन्दा बिपरित खालको पोस्टर रिलिज गरेको छ । निर्माण पक्षले मंगलबार रिलिज गरेको पोस्टर राक्षसी रुपको रहेको छ ।

प्रसन्न गोपाली, कबिन शाक्य,राम शर्मा र बिनय श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेको रोमियो एण्ड मुनालाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् ।

चलचित्रमा बिनय श्रेष्ठ,श्रृष्टी श्रेष्ठ,सुरक्षा पन्त,सुष्मा कार्की,प्रज्वल सुजल गिरि लगायत कलाकारहरुले अभिनय गरेका छन्, भने दिपांकर सिग्देल,बाबु श्रेष्ठको छायांकन, लोकेस बज्राचार्यको सम्पादन,कोशिस क्षेत्री,गौरव डागोन्कर,कालिप्रसाद बाँसकोटा र अर्लको संगीत,रेनेशा राई,राजिब समर र प्रताप शिंहको कोरीयोग्राफी रहेको छ ।





Powered by Blogger.