(रोमियो एण्ड मुना)को पोस्टरमा अटेनन्, कलाकारहरु !

चलचित्र रोमियो एण्ड मुनाले पोस्टर रिलिज गरेको छ । तर अचम्मको कुरा त के छ, भने यो पोस्टरमा चलचित्रका कोही पनि कलाकार अटेका छैनन् । 

कलाकार बिनै बनाईएको यो पोस्टर, चलचित्रको थिम अनुसारकै भएको निर्देशक नरेश कुमार केसीले बताएका छन् । 

दुई ओटा गित र एउटा टिजर रिलिज गरेर सिनेबजारमा बेग्लै माहोल बनाएको रोमियो एण्ड मुनाको यो पोस्टरले दर्शक माझ थप कौतुहलता जगाउने अनुमान गरिएको छ ।

साउन ११ गतेलाई प्रर्दशन मिती तोकेको यो चलचित्रलाई विनय श्रेष्ठ,प्रशन्न गोपाली,राम शर्मा र कविन शाक्यले संयुक्त रुपमा निर्माण गरेका हुन भने चलचित्रमा विनय श्रेष्ठ,श्रृष्टी श्रेष्ठ,सुष्मा कार्की,प्रज्वलसुजन गिरि लगायत कलाकारले अभिनय गरेका छन् । 

Powered by Blogger.