रोजी छायांकनको बाटो खुल्यो, तर नामको विषयमा बिवाद कायमै !


करिब एक हप्ता अगाडी छायांकन रोकीएको चलचित्र रोजी अब भने निरन्तर छायांकन हुने भएको छ । रोजी मर्हजन हत्या प्रकरण सँग फिल्मको कथा मिलेको चर्चा चलेपछि रोजीका आफन्तले यो फिल्मको छायांकन रोक्न बारम्बार चलचित्र बिकास बोर्डलाई दबाव दिएका थिए । 

रोजी परिवारको दबाव पछि चलचित्र बिकास बोर्डले यो चलचित्रको छायांकन रोक्न आदेश दिएको थियो ।

बोर्डको आदेश पछि रोकीएको रोजीको छायांकन बिहिबारबाट पुनःसुचारु हुने बताईएको छ ।

बुधबार रोजी मर्हजन परिवार र फिल्म रोजी निर्माण पक्ष बिच करिब २ घण्टा सम्म बार्ता चलेको थियो । बार्ताकै क्रममा फिल्म टिमले रोजी परिवारलाई फिल्मको कथा पनि सुनाएको थियो । कथा सुनेपछि रोजी परिवार फिल्मको छायांकन सुचारु हुन दिने तर फिल्मको नाम परिवर्तन गर्नु पर्ने अडानमा रहेको बताईएको छ ।  

फिल्मको निर्माण पक्ष भने छायांकन सकेपछि केही महत्वपुर्ण दृश्यहरु रोजी परिवारलाई देखाउने र अर्को चरणको बर्तामा बस्ने पक्षमा रहेको बुझिएको छ । 

गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलको निर्देशन रहेको यो चलचित्रमा प्रदिप खड्का,मिरुना मगर लगायत कलाकारले अभिनय गर्दैछन् । 





Powered by Blogger.