सकियो मालिका को छायांकन !

चलचित्र मालिकाको छायांकन सकिएको छ । निर्माण पक्षका अनुसार छायांकन सुरु भएको २९ औं दिनमा सकिएको हो । 

आगामी तिहारमा प्रर्दशन गर्ने लक्ष्य लिईएको यो चलचित्रको छायांकन काठमान्डौं,बनेपा, बाँके र नेपालको दुर्गम जिल्ला मानीएको जाजरकोटमा गरिएको छ । 

बाल बिवाह र महिला शशक्तिकरणको विषयमा निर्माण भएको यो चलचित्रमा जाजरकोट जिल्लाकै १४ वर्षे बालिका कमला ओली मुख्य भुमिकामा देखीएकी छिन्, । 

मालिकालाई रेखा थापाले प्रस्तुत गरेकी हुन्, भने नरबहादुर कार्की,सरस्वती थापा र तारा थापा निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा श्री श्रेष्ठको द्धन्द,शिवंम अधिकारीको लेखन,रामशरण उप्रेतीको छायांकन,सुरेश अधिकारीको संगीत र रामजि लामिछानेको कोरीयोग्राफी रहेको छ । 





Powered by Blogger.