राउडी राठोर २ बनाउँदै संजय !


२०१८ को सुरुवातमा चलचित्र पद्मावतको विषयमा निकै बिवादमा गरेका निर्देशक हुन, संजय लिला भंसाली ।

 उक्त समयमा यो चलचित्र  धार्मीक समुदायहरु बिच निकै बिवादमा गरेको थियो । केही समुदायले त यो चलचित्रलाई बहिस्कार सम्म गरेका थिए । 

यति मात्र नभएर उक्त समयमा संजय लिलाको पद्मावत र अक्षय कुमारको प्याडम्यनको प्रर्दशनले पनि बलिउडमा केही बिवाद उत्पन्न हुन खोजेको थियो । 

एउटै मितिमा दुई चलचित्र प्रर्दशन हुने कुराले दुबै पक्षलाई निकै चिन्तीत बनाएको थियो । तर अक्षय कुमारले प्याडम्यनलाई अर्को मितिमा लगेर प्रर्दशन गरेर केही लचकता अपनाएका थिए । 

यसै विषयमा दुबै पक्षले संयुक्त रुपमा गरेको पत्रकार भेटघाट कार्यक्रममा अक्षय कुमारले मजाक गर्दै संजयलाई राउडी राठोर २ बनाउन आग्रह गरेका थिए, भने संजयले पनि त्यो कुरामा सहमती जनाएका थिए ।

उक्त समयमा दुई पक्षले मजाकमा गरेको कुरा अब भने सत्य सावीत हुने भएको छ । संजय यतिबेला राउडी राठोर २ निर्माणको तयारीमा जुटेको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

समाचारका अनुसार यो चलचित्रको लेखन कार्य पनि लगभग अन्तीम चरणमा पुगेको बताईएको छ । राउडी राठोर २ लाई बाहुबलीका लेखक के.बि.बिजेन्द्र प्रसादले लेखीरहेका छन् ।




Powered by Blogger.