सिगरेटको लत छुटाउन अष्ट्रेलीया पुगेका थिए रणबिर कपुर !



पछिल्लो समय बलिउड अभिनेता रणबिर कपुर चलचित्र सन्जुको कारणले निकै चर्चामा रहेका छन् । अभिनेता संजय दत्तको जिवनमा आधारीत यो चलचित्रमा रणबिरले संजय दत्तको भुमिकामा गरेको अभिनयको अहिले सर्वत्र तारीफ भैरहेको छ ।

संजुको प्रचार प्रसारकै सिलसिलामा रणबिरले आफ्नो जिवनको सबै भन्दा खराब दिनहरुको बारेका बताएको भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

संजय दत्त कुनै समय ड्रग एडीग थिए । यसै प्रशंगमा बोल्दै रणबिरले आफु पनि कुनै समय सिगरेट एडीग भएको बताएका छन् । १५ वर्षको उमेरमै सिगरेटको लतमा फसेका रणबिर लत छुटाउनको लागी अष्ट्रेलीया पुगेको समाचारमा उल्लेख गरिएको छ ।

रणबिरले संचार माध्यमहरुलाई बताए अनुसार सिगरेटको लत छुटाउन अष्ट्रेलीयामा डक्टरहरुले उनलाई कानमा ईन्जेक्सन पनि दिएका थिए ।

यसै क्रममा उनले आलिया संगको सम्बन्धको विषयमा पनि केही बोलेको उल्लेख गरिएको छ ।

रणबिरले आफु निकै रोमान्टीक मान्छे भएकाले गर्लफ्रेन्ड धेरै हुनु ठुलो कुरा नभएको बताएका छन् । 

Powered by Blogger.