संसारका खराब १०० फिल्ममा पर्यो रेश ३ !

विषेश महत्वका साथ फिल्म क्षेत्रको विषयमा रिर्सच गर्ने वेभसाईट आईएमडिबि सार्वजनीक गरेको रिर्पोटका अनुसार हालै प्रर्दशन भएको रेमो डिसुजा निर्देशीत र सलमान खान अभिनित फिल्म रेश ३ संसारको सबै भन्दा खराब १०० फिल्महरुमा परेको छ । 

रेश ३ खराब १०० फिल्म मध्य ७९ नम्बरमा परेको, भारतीय संचार माध्यमहरुले उल्लेख गरेका छन् । 
यो फिल्मलाई क्रिटिक्सहरुले पनि ५ मा २.६ स्टार मात्रै दिएका छन् ।

यो वेभ साईटले क्रिटिक्सले दिएको स्टार,दर्शकको प्रतिकृया र सामाजीक संजालमा फिल्म प्रति आएका प्रतिकृयाको आधारमा रिपोर्ट तयार पार्ने गर्दछ ।

त्यसो त केही दिन पहिले सम्म गुगलमा खराब फिल्म भनेर सर्च गर्दा रेश ३ आउने गरेको थियो । निर्माण पक्षले आपत्ती जनाएपछि गुगलले रेश ३ लाई त्यो लिस्टबाट हटाएको थियो । 

सलमान खान,अनिल कपुर,बबी देवल,ज्याक्लीन फर्नाडीज,डेजी शाह लगायतले अभिनय गरेको यो फिल्मले पहिलो हप्ता १०० करोड कमाएको थियो भने दोश्रो हप्ता १६ करोडमा झरेको थियो । 





Powered by Blogger.