बन्ने भयो फिल्म पुरानो बुलेट !

फिल्म पुरानो बुलेट बन्ने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यो फिल्म बन्ने घोषणा गरीएको हो ।

यो फिल्ममा अनुप बिक्रम शाही मुख्य भुमिकामा देखीने एका छन्, भने उनि सँगै वर्षा सिवाकोटी, माला लिम्बु,कबिता आले,कृष्ण भक्त मर्हजन,शिब मुखिया,दिवाज राई, शिरोमणी दवाडी लगायत कलाकारहरुले पनि अभिनय गर्ने भएका छन् ।

रंग पत्रकार भिषण राईले निर्देशनमा डेब्यु गर्न लागेको यो फिल्मको असार १५ गतेबाट छायांकन सुरु हुँदैछ ।
एक करोड लागत बताईएको पुरानो बुलेटको प्रर्दशन भने आगामी मंसीरमा गर्ने लक्ष्य लिईएको छ ।

क्रेजी ईन्टरटेन्मेन्टको ब्यानरमा बिरेन साम्बा,दिपेन्द्र लिम्बु,असोक साम्पाङ्ग,टिकाराम राई निर्माता रहेको यो चलचित्रमा सन्तोष राई कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

पुरानो बुलेटमा हरिघले लामाको छायांकन र उत्तमजंग लिम्बुको संगीत रहने छ ।



Powered by Blogger.