साउन २५ मा आउने भयो (पिरिम पर्या छन्,) !

चलचित्र (पिरिम पर्या छन्) ले प्रर्दशन मिती तोकेको छ । सुक्रबार एउटा पोस्टर रिलिज गर्दै निर्माण पक्षले यो चलचित्रको प्रर्दशन मिती सार्वजनीक गरेको हो । 

मता बसुन्धरा मुभिज र बन्धु फिलिम्सको ब्यानरमा लय संग्रौला र निरज थापा निर्माता रहेको यो चलचित्रलाई पुरन थापाले लेखन तथा निर्देशन गरेका छन् ।

चलचित्रमा रमेश बुढाथोकी,सुवास मेचे,दिलिप रायमाझी,जयकिसन बस्नेत,शुभेच्छा थापा,सोभित बस्नेत,राजाराम पौडेल,उमा कार्की,लय संग्रौला,चाँदनी कोईराला लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

हाँस्य प्रधान चलचित्र पिरिम पर्या छन्,मा बिकास चौधरी,बिनोद भुजेलको संगीत,बिमल ढकालको छायांकन र बाबु बलामीको द्धन्द रहेको छ ।

Powered by Blogger.