छायांकनमा प्रसाद !

करिब दुई महिना पहिले एक कार्यक्रमको आयोजना गरी औपचारीक रुपमा निर्माण  घोषणा गरीएको चलचित्र (प्रसाद)को छायांकन सोमबारबाट सुरु भएको छ ।

सोमबार पुजाआजा गरी शुभमुर्हत सँगै यो चलचित्रको छायांकन सुरु गरीएको हो ।

सुवास थापा ईन्टरटेन्मेन्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन्, भने यसै चलचित्रबाट रंगपत्रकार शुशिल पौडेलले चलचित्र लेखनमा डेब्यु गरेका छन् ।

(प्रसाद)मा विपिन कार्की,नम्रता श्रेष्ठ, निश्चल बस्नेत लगायत कलाकारहरुको अभिनय रहने छ, भने राजेश श्रेष्ठको छायांकन र कोशीस क्षेत्री,सुवास भुसालको संगीत रहने छ । 



Powered by Blogger.