हेर्नुस यस्तो छ पण्डीतबाजेको लौरी को ट्रेलर (भिडियो सहित)

साउन ४ गतेबाट प्रर्दशन हुन लागेको चलचित्र पण्डीतबाजेको लौरीको ट्रेलर रिलिज भएको छ । यस अघि टिजर रिलिज गरेको यो चलचित्रले बिहिबार ट्रेलर रिलिज गरेर प्रचार प्रसारलाई तिब्रता दिएको हो ।

ट्रेलर हेर्दा चलचित्र पुर्ण मसालेदार भएको बुझिन्छ । 

अधृत फिलिम्स प्रा.लिको ब्यानरमा थमन कुमार भण्डारी र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको पण्डीतबाजेको लौरीलाई दिपक ओलीले निर्देशन गरेका छन् ।

चलचित्रमा सन्ध्या केसी,बिजय बराल,मरिस्का पोख्रेल,प्रमोद अग्रहरी,बिशाल पहाडी,लोकेन्द्र लेखक,भोलाराज सापकोटा,प्रविण खतिवडा,कुलदिप अधिकारी लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

महेश दवाडीको कथा,पटकथा,संवाद रहेको पण्डीतबाजेको लौरीमा बिदुर पाण्डेको छायांकन,मित्र डि गुरुङ्गको सम्पादन,बिक्रम स्वाँरको कोरीयोग्राफी र श्रीकृष्णबम मल्ल,अमित श्रेष्ठको संगीत रहेको छ । 





Powered by Blogger.