यो पागल मन को ट्रेलर रिलिज (भिडियो सहित)


चलचित्र (यो पागल मन)को ट्रेलर रिलिज भएको छ । मंगलबार निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गरी यो  ट्रेलर रिलिज गरेको हो ।

असार २९ गतेलाई प्रर्दशन मिति तोकेको यो चलचित्रलाई कल्याण अधिकारीले निर्देशन गरेका छन्, भने कल्याण अधिकारी र बिरेन्द्र कुमार यादवले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रेम कथामा आधारीत यो चलचित्रमा ऋचा शिंह ठकुरी,बिनोद न्यौपाने,गौरी मल्ल,मनिष भण्डारी,राजेश ढुंगाना,एनी कुँवर,विशाल श्रेष्ठ लगायत कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा सामिप्य राज तिमल्सीनाको लेखन,अनिल गौतमको सम्पादन,अर्जुन पोख्रेलको संगीत,सम्भु सापकोटाको छायांकन,राजु किराँतीको द्धन्द र कमल राईको कोरीयोग्राफी रहेको छ ।





Powered by Blogger.