अब संसारभर रहेका नेपाली कलाकर्मी एउटै छातामुनी रहने !

नेपाली चलचित्र क्षेत्र सँग सम्बन्धित लगभग दर्जन बढि संघ संस्थाहरु खुलेका छन् । अहिले सम्म यि सबै संघ संस्थाहरुको काम कसैलाई अध्यक्ष बनाउने, खादा ओडाउने र ठुलो ठुलो स्वरमा भाषण गराउने भन्दा अरु केही पनि भएको देखीदैन । 

यसै क्रममा अर्को एउटा संघ पनि थपीएको छ । ग्लोबल एक्र्टस फेडरेशन नाम दिईएको उक्त संघमा देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली चलचित्रकर्मीहरुको सहभागीता रहने बताईएको छ । 

हालै मात्र काठमान्डौ जिल्ला प्रशासन कार्यलयमा दर्ता भएको यस संघमा नेपाली चलचित्र क्षेत्रमा क्रियासील रहेका पत्रकार,कलाकार,निर्माता,निर्देशक,प्राविधिक,गायक,गायीका,ब्यापारी,समाजीक अभियन्ता  सबैलाई सहभागी गराईने अध्यक्ष आर.के सुबेदीले बताएका छन् । हाल सम्म यो संघमा ३०० भन्दा धेरै सदस्य भैसकेको बताईएको छ । 

संघले विशिष्ठ सदस्य,आजिवन सदस्य,केन्द्रीय सदस्य,सक्रिय सदस्य र साधारण सदस्य गरी पाँच किसिममा सदस्यहरुको वर्गीकरण गरीएको छ ।

संसारभरी छरीएर रहेका नेपाली कलाकर्मीहरुलाई एउटै छातामुनु राख्ने मुख्य उद्श्य सहित यो संघको स्थापना गरीएको अध्यक्ष सुबेदीले नेप्लीउडलाई बताएका छन् ।




Powered by Blogger.