नाटकमा सक्रिय हुँदै नाजीर हुसेन !

चलचित्र अभिनेता नाजीर हुसेन पछिल्लो समय नाटकहरुमा ब्यस्त देखीन थालेका छन् । त्यसो त नाजीर नाटक मार्फत नै चलचित्रमा आएका थिए । 

यसै क्रममा  नाजीरकै परिकल्पना र निर्देशन रहेको नाटक द अग्ली डकलिङ कुरुप हाँस पोखरामा मञ्चन हुँदैछ । यसका लागी नाटकको टिम यतिबेला पोखरा पुगीसकेको बताईएको छ ।

यो नाटक गत बैशाख २८ गतेबाट जेष्ठ २० गते सम्म काठमान्डौंको मण्डला नाटकघरमा पनि मञ्चन भएको थियो ।

निर्देशक नाजीरका अनुसार यो नाटकको नाम कुरुप हाँस राखीएता पनि यसले स्पस्ट रुपमा हाम्रो समाजमा गरिने रुप,रंग,जात,धर्म र लिंगका आधारमा गरीने बिभेदलाई देखाईएको छ ।

पोखराको महेन्द्रपुल गैह्रापटन स्थित पोखरा थिएटरको सन्दर्भ नाटकघरमा मञ्चन गरीने यो नाटकमा नाजीर हुसेर,बिनिता गुरुङ्ग,किरण श्रेष्ठ,मिलन कार्की,बिजया कार्की र बिक्रम श्रेष्ठको अभिनय रहने छ, भने नाटक असार १ गतेदेखि ३ गतेसम्म दिउसो १ बजे र साँझ ५स्३० बजे नियमित मञ्चन हुनेछ।



Powered by Blogger.