सलमान खानलाई लाग्यो झड्का, दर्शकले रुचाएनन्, रेश ३ !


बलिउडले निकै आषा र अपेक्षा गरेको चलचित्र रेश ३ लाई दर्शकले नरुचाएको पाईएको छ । यो चलचित्रलाई भारतीय सिने बजारमा मात्रै नभएर, नेपाली सिने बजारमा पनि नरुचाएको पाईएको छ । 

दर्शक रेश ३ हेर्न सिनेमा हलमा जे जती अपेक्षा लिएर गएका थिए, त्यो नपाएपछि सिनेमा प्रतिको आक्रोस सामाजीक संजाल मार्फत पोखेका छन् ।

रेश ३ लाई बिरे दि वेडीङ्ग नामक फिल्मबाट भारतीय फिल्म नेपालमा बितरण सुरु गरेको चौधरी ग्रुपले एक लाख चालिस हजार भारतीय रुपैंयामा खरीद गरेर नेपालमा ल्याएको बताईएको छ । निकै फाईदा खाने अपेक्षा सहित हिन्दी सिनेमा बितरण गर्न होमीएको चौधरी ग्रुपले यो फिल्मबाट घाटा खाने चर्चा सिने बजारमा चल्न थालेको छ ।

त्यसो त रेश ३ बाट सलमानले आफ्नो फिल्म भारतमा आफै बितरण गर्न सुरु गरेका छन् । सलमानलाई उनका बिगतका केही फिल्म घाटामा गएपछि बितरकलाई पैसा फिर्ता गर्नु परेको थियो । एक भारतीय अनलाईन पत्रिकाले समाचार प्रकाशीत गरे अनुसार रेश ३ बाट पनि अरुलाई दिए पछि पैसा फिर्ता गर्नु पर्ने समस्या नआओस भनेर सलमान आफैले बितरण गरेको बताईएको छ ।

Powered by Blogger.