भदौ १५ लाई प्रर्दशन मिती तोकेर (मेरी मामु)को मुर्हत गरीयो !

आसुसेन फिलिम्सको ब्यानरमा निर्माण हुन लागेको चौथो चलचित्र मेरी मामुको केही दिन अगाडी राजधानीमा शुभ मुर्हत गरीएको छ । 

निर्माता सन्तोष शेनले निर्माण गर्न लागेको यो चलचित्रमा उनकै छ वर्षीय छोरा आयुब शेनले मुख्य भुमिकामा अभिनय गर्दैछन् ।

बाल मनोविज्ञानमा आधारीत बताईएको यो चलचित्रलाई यम थापाले लेखन तथा निर्देशन गर्दैछन् । 

भदौ १५ गतेलाई प्रर्दशन मिती तोकीएको मेरी मामुमा आयुब सँगै अश्लेसा ठकुरी,शाहरुख ताम्राकार,भुवन चन्द,कुसुम गुरुङ्ग,दुर्गा मल्ल लगायत कलाकाहरुको पनि अभिनय रहने निर्माण पक्षले बताएको छ  ।

चलचित्रमा कल्याण शिंहको संगीत,पुरुषोत्तम प्रधानको छायांकन,बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहने छ ।

Powered by Blogger.