मिथुन चक्रवती, अहिले पनि यसरी कमाउँछन् वर्षको २४० करोड !

एक समयका सुपरस्टार अभिनेता मिथुन चक्रवतीले अहिले पनि वर्षको २४० करोड कमाउने गरेको समाचार भारतीय संचार माध्यमहरुले प्रकाशीत गरेका छन् । 

६६ वर्षीय मिथुन अभिनयमा मात्रै नभएर ब्यापार ब्यावसायमा पनि निकै प्रखर मानिएका छन् । कुनै समय सडकमा नाचेर पैसा कमाउने मिथुन अहिले धेरै सुबिधा सम्पन्न धेरै होटलको मालिक भैसकेका छन् । होटल ब्यावसाय सँगै उनको फिल्म निर्माण गर्ने प्रोडक्सन हाउस पनि छ र मिथुन मोर्नाकी ग्रुपको मालिक पनि हुन । समाजसेवा गरेर गिनिजबुकमा नाम लेखाएका मिथुन समाजीक कार्यमा पनि उत्तिकै सक्रिय रहेका छन् ।

अचम्मको कुरा त के छ भने मिथुनले आफ्नो सुरक्षाको लागी कुनै पनि सेक्युरीटी गार्ड राखेका छैनन् । उनले आफ्नो सुरक्षाको लागी घरमा करिब ७६ ओटा कुकुर पालेका छन् । 

मुम्बईको बान्द्रमा भएको मिथुनको घरलाई निकै सुरक्षीत घरको रुपमा चिन्ने गरिन्छ । यो घरमा उनले ७६ ओटा कुकुर पालेका छन् । कुकुरको लागी पनि उनले निकै सुबिधा सम्पन्न एयर कन्डीसन जडान गरेको छुट्टै घर बनाएका छन् ।


Powered by Blogger.