चलचित्र मयाङक बन्ने !

मयाङक नामक चलचित्र बन्ने भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी यो चलचित्र निर्माण गर्ने घोषणा गरीएको छ । 

प्याराडाईज पिक्र्चस र माईन्डस्किृन फिलिम्सको संयुक्त ब्यानरमा जितेन्द्र खतिवडा निर्माता रहेको यो चलचित्रलाई रोमी मानन्धरले निर्देशन गर्दै छिन् ।

प्रेमकथामा बन्न लागेको यो चलचित्रमा प्रशान्त ताम्राकार,ज्योत्सना योगी र शुशिल उप्रेती मुख्य भुमिकामा अभिनय गर्नको लागी छनोट भैसकेका छन्, भने अन्य कलाकारहरु छनोट हुन बाँकी रहेको बताईएको छ ।




Powered by Blogger.