मलिनाका सबै फिल्म फ्लप, अब के होला त उनको फिल्मी करियर ?

२०११ को मिस नेपाल बिजेता मलिना जोसीलाई फिल्म क्षेत्र त्यती फापेको देखीदैन । २०१४ मा निर्माण भएको चलचित्र ऋतु बाट उनले चलचित्र क्षेत्रमा पाईला चालेकी थिईन् । तर बिडम्बना नै भन्नु पर्छ उनको पहिलो चलचित्र ऋतु बक्स अफिसमा फ्लप भयो । मलिनालाई पहिलो गाँसमै ढुङ्गा साबीत भयो चलचित्र ऋतु । 

त्यस पछि उनले अभिनय गरेको दोश्रो चलचित्र द विनर को पनि हबीगत त्यस्तै भयो । निकै तामझामका साथ विदेशमा छायांकन गरीएको यो चलचित्रबाट मलिनाले निकै आषा गरेकी थिईन । मलिनाको आषा द विनरले खरानी बनायो । २०१६ मा निर्माण भएको यो चलचित्रले पोस्टरको पनि पैसा उठाउन नसकेपछि यसका निर्माताहरु आजको मिती सम्म चलचित्र क्षेत्रमा फर्कीएको देखीदैन ।

त्यसै गरी २०१६ मै निर्माण भएको अर्को चलचित्र झुम्की पनि बक्स अफिसमा नरम्रो सँग फ्लप भयो । थारु समुदायको महिलाको भुमिकामा देखीएकी मलिनाले यो चलचित्रबाट पनि निकै आषा गरेकी थिईन् । झुम्कीले निर्माताको लगानी डुबाउनु सँगै मलिनाको फिल्मी करियरलाई पनि माथी उठाउन सकेन । 

त्यस्तै २०१७ मा निर्माण भएको लिला त झन धेरै सिनेमा हलमा पहिलो शो नै हुन पाएन् । शो भएका केही सिनेमा हलमा पनि दर्शक आधि फिल्म हेरेर निर्माता निर्देशक र कलाकारलाई गाली गर्दै निस्किएको चर्चा उक्त समयमा चलेको थियो ।

२०१७ मै निर्माण भएको अर्को चलचित्र रानीको पनि हबिगत त्यस्तै भएको थियो । पुराना अभिनेता शिब श्रेष्ठको भतिज मनिष सुन्दर श्रेष्ठ र अर्का अभिनेता सानु ताम्राकारको छोरा शाहरुख ताम्राकारले डेब्यु गरेको यो चलचित्रबाट मलिनाले मात्र नभएर, दुबै डेब्यु अभिनेताले निकै आषा गरेका थिए । तर यो चलचित्रले मलिनालाई मात्रै नभएर मनिष र शाहरुख लाई पनि निरास बनायो । 

त्यसको लगत्तै मनिष सुन्दर सँगै उनले अभिनय गरेको चलचित्र तिमी हुन्छौ जहाँ जहाँ प्रर्दशन भयो । यो चलचित्रको प्रचार प्रसार गर्ने बेलामै मलिनाको अनुहार मलिन देखीन्थ्यो । अर्थात मलिनाले यो चलचित्रबाट आषै गरेकी छैनन्, तिमी हुन्छौ जहाँ जहाँ मलिनाको लागी फ्लप फिल्मको संख्या बढाउने मात्रै हो भन्ने उनको अनुहारको भावले बताउँथ्यो । नभन्दै त्यस्तै पनि भयो । तिमी हुन्छौ जहाँ जहाँले बक्स अफिसका कुनै तरकी गर्न सकेन । तर पनि यो चलचित्रको निर्माण पक्ष भने आषा जनक ब्यापार गरेको दाबी गरीरहेका छन् ।

लगातार ६ ओटा फ्लप फिल्म दिएकी मलिनाको भविष्य चलचित्र क्षेत्रमा सुनिश्चित होला त ? अहिले धेरै चलचित्रकर्मीको चासो यहि प्रश्न माथी छ । त्यो त दर्जनौं चलचित्र फ्लप भैसकेपछि मात्रै हिट भएका कलाकार पनि हामीले नदेखेको भने होईन । मलिनामा त्यो कुरा लागु हुन्छ अथावा हुँदैन ? अहिले नै किटानका साथ यस्तै भन्ने अवस्था छैन । अब मलिना यस्तै गरी चलचित्र क्षेत्रमै टिक्छीन्, अथवा अमेरीका पलायन हुन्छीन् ? किन कि केही महिना पहिले मलिना अमेरीका पुगेर, उतै बस्ने चाँजो पाँजो मिलाएर आएको भन्ने चर्चा सिनेबजारमा चलेको थियो । भने पछिल्लो समय चलचित्र क्षेत्रमा टिक्न नसकेपछि युरोप तथा अमेरीका गएर श्रम गर्ने, नेपाली चलचित्रकर्मीहरुको संस्कार नै बसेको छ ।


Powered by Blogger.