गरीयो (कस्मिक लभ)को निर्माण घोषणा !

चलचित्र कस्मिक लभ बन्ने भएको छ । सुक्रबार राजधानीको अन्नपुर्ण होटलमा विशेष कार्यक्रमको आयोजना गरी निर्माण पक्षले यो चलचित्र निर्माण हुने आधिकारीक घोषणा गरेको हो ।

विएस बलामी र एस अधिकारीको निर्देशनमा बन्ने यो चलचित्रलाई सुरज प्रधानले प्रस्तुत गर्नेछन्, भने जय गौतम र डिएन दाहाल निर्माताको रुपमा रहने बताईएको छ ।

असार ११ गतेबाट छायांकन सुरु हुने यो चलचित्रमा अर्पण थापा,प्रशान्त ताम्राकार,दिया मास्के,रोबिन तामाङ्ग,रिजन थापा,पुजन थापा लगायत कलाकारहरुको अभिनय रहने छ ।

चलचित्रमा शेखर ज्ञवालीको लेखन,सुरेश बज्राचार्यको छायांकन,बाबुल गिरिको संगीत,बाबु साहेबको द्धन्द,कविराज गहतराज र रामजि लामिछानेको कोरीयोग्राफी रहने छ ।

बिजिबि ईन्टरटेनमेन्टमा पोष्टप्रोडक्सन गरिने कस्मिक लभलाई बिपिन मल्लले सम्पादन गर्नेछन् ।

Powered by Blogger.