लगातार १३ ओटा फिल्म फ्ल्प पछि हिट भएकी थिईन करिष्मा कपुर !

४४ वर्षिय करिष्मा कपुरको जन्म १९७४ जुन २५ मा मुम्बैमा भएको थियो । कपुर खानदानमा जन्मिएको हुनाले उनलाई बलिउडमा डेब्यु गर्नु कुनै ठुलो कुरा थिएन । त्यसैले करिष्माले  १७ वर्षको उमेरमा १९९१ को फिल्म प्रेम बैदी बाट बलिउड यात्रा प्रारम्भ गरेकी थिईन् ।

उनको पहिलो फिल्म प्रेम कैदी मा को एक्टर थिए, दक्षिण भारतका हरीश कुमार । प्रेम कैदी बक्स अफिसमा सुपर फ्ल्प भयो । यो फिल्म मात्रै होईन त्यस पछि करिष्माले खेलेका अरु १२ ओटा फिल्म बक्स अफिसमा लगातार फ्ल्प भए । उक्त समयमा धर्बेन्द्र पनि आफ्नो कान्छो छोरा बबि देवललाई बलिउडमा डेब्यु गराउने तयारीमा थिए ।

बबिलाई डेब्यु गराउने फिल्मका निर्माताले बबिको अपोजीटमा करिष्मालाई राख्ने बताएपछि धर्बेन्द्रले ठाडै ईन्कार गरे । धर्बेन्द्र आफ्नो छोरालाई फ्ल्प हिरोईन सँग डेब्यु गराउने पक्षमा थिएनन्, त्यसै कारण त्यो फिल्मबाट करिष्मालाई हटाएर ट्विंकल खन्नालाई लिईयो । 

करिष्माले जतीबेला बलिउडमा कदम राखीन त्यतीबेला उनलाई ड्रेस र मेकअपको सेन्स थिएन् । त्यसै कारणले गर्दा उनि धेरै पटक मिडियाबाट आलोचीत पनि भएकी थिईन् । 

डेब्यु गरेको ४ वर्ष पछि फिल्म राजा बाबुले मात्रै करिष्मालाई स्टार बनाएको थियो । यो फिल्ममा उनि गोबिन्दा सँग स्कृनशेर गरेकी थिईन् । त्यस पछि उनका लगातार आएका फिल्महरु राजा हिन्दुस्तानी,दिल तो पागल है लगायत फिल्मले उनलाई बलिउडमा एक पछि अर्को उचाई थप्दै गए । 

Powered by Blogger.