यस्तो छ कायरा को ट्रेलर (भिडियो सहित)

सोमबार चलचित्र कायराको ट्रेलर रिलिज भएको छ । निर्माण पक्षले आईतबार संचारकर्मीलाई एक कार्यक्रमको आयोजना गरी ट्रेलर देखाए पनि सोमबार मात्रै युटुबमा रिलिज गरेको छ ।

आर्यन सिग्देल ईन्टरटेन्मेन्ट र आर.एण्ड आर. प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गरेका छन् ।

चलचित्रमा आर्यन सिक्देल,साम्राज्ञी शाह,शिशिर राणा,हितेश शर्मा,सुरेश न्यौपाने,मरिशा श्रेष्ठ लगायत कलाकारहरुले अभिनय गरेका छन् ।

कायरामा अर्जुन पोख्रेल,कोसीश क्षेत्री,काल्या शिंहको संगीत,प्रबिण शिंहको कोरीयोग्राफी,बनिश शाह,मिलन श्रेष्ठको सम्पादन रहेको छ ।





Powered by Blogger.