जय भोलेको पहिलो गित रिलिज (भिडियो सहित) !

यस अघि टिजर रिलिज गरेर सिनेबजारमा बेग्लै माहोल बनाएको चलचित्र जय भोलेले बिहिबार राजधानीमा एक कार्यक्रम सहित आफ्नो पहिलो गित रिलिज गरेको छ ।

जय भोलेलाई लामो समय पछि चलचित्र निर्माण र निर्देशनमा फर्कीएका चलचित्रकर्मी असोक शर्माले निर्देशन गरेका हुन् ।

रिलिज गरिएको उम्लियो भने पोखीन्छ, बोल रहेको गितमा राजनराज सिवाकोटीको संगीत रहेको छ भने राजन र मेलिना राईको स्वर रहेको छ ।

यो गितको भिडियोलाई बरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले निर्देशन गरेका छन्, भने भिडियोमा सलोन बस्नेत,स्वतीमा खड्का,खगेन्द्र लामिछाने,बुद्धि तामाङ्ग,सौगात मल्ल,जय नन्द लामा, राजाराम पौडेल लगायत कलाकारहरुले नृत्य गरेका छन् ।

जय भोले लाई एए ग्रुप अफ कम्पनीजको ब्यानरमा किरण शर्मा,कृती शर्मा र अंकीत शर्माले निर्माण गरेका हुन् ।
खगेन्द्र लामिछानेको लेखन रहेको यो चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन,बसन्त श्रेष्ठको कोरीयोग्राफी,राजनराज सिवाकोटी,कल्याण शिंहको संगीत,राजु ढुंगानाको सम्पादन र रोशन बिक्रम भट्टराईको द्धन्द निर्देशन रहेको छ ।

यो चलचित्र आगामी दशैंमा प्रर्दशन गरीने निर्माण पक्षले जानकारी गराएको छ ।



Powered by Blogger.