सट्टेबाजी मामलामा पुलीस थाना पुगे अरबाज खान !


आईपीएल  खेलमा सट्टेबाजी गरेको आरोपमा शनिबार बलिउड चलचित्र निर्माता, निर्देशक तथा कलाकार अरबाज खान प्रहरी थाना पुगेका छन् । 

भारतीय संचार माध्यमका अनुसार खानले त्यहाँ पुगेर आफु आईपीएलमा मात्रै नभएर पछिल्लो पाँच वर्ष देखी सट्टेबाजीमा सम्लन्न भएको बयान दिएका छन् ।

पछिल्लो पाँच वर्षमा उनले सट्टेबाजीमा तिन करोड हारीसकेको पनि बताएका छन् ।

सट्टेबाजीकै विषयमा घरमा बिवाद उत्पन्न भएपछि उनका दाई सलमानले अरबाजलाई कुटपिट गर्न खोज्दा उनकी आमा आएर अरबाजलाई बचाएको पनि समाचारमा उल्लेख गरिएको छ ।

केही वर्ष पहिले सट्टेबाजीमा हारेको पैसा समयमा नतिरेको भन्दै सम्बन्धीत पक्षले अरबाजलाई मात्रै नभएर उनकी पुर्व पत्नी मलाईका अरोरा खानलाई समेत धम्की दिने गरेको बताईएको छ ।

अरबाज पैसामा हद भन्दा धेरै लालची बन्दै गएको कारणले पनि मलाईका र अरबाज बिचको सम्बन्ध बिच्छेदमा सघाउ पुर्याएको पनि बताईएको छ ।

Powered by Blogger.