सम्पादनमा ब्यस्त गौतमराज खड्का !

२०६४ सालमा चलचित्र क्षेत्रमा प्रवेश गर्दाको समयमा आफु चलचित्र क्षेत्रमा काम गर्दै छु भन्ने पनि थाहा नपाएका गौतमराज खड्काले यो १० वर्षको समयमा प्रताप सुब्बाको निर्देशन रहेको (याद तिम्रो आयो) मदन घिमिरेको निर्देशन गरेको (बाउन्सर) दिपक श्रेष्ठको निर्देशन रहेको  (रंगवे) उज्जल घिमिरेको निर्देशन रहेको (वडा नंं. ६) जगदिश्वर थापाको निर्देशन रहेको (राधे) एन वि मर्हजनको निर्देशन रहेको (सकस) रविन्द्र शाहीको निर्देशन रहेको (भ्रम)विरेन्द्र हमालको निर्देशन रहेको (सारांक) नारायण मैनालीको निर्देशन रहेको (दिप ज्योती) सोभित बस्नेतको निर्देशन रहेको (बाबु कान्छा) योगेन्द्र श्रेष्ठको निर्देशन रहेको (टिम) दयाराम दाहालको निर्देशन रहेको (लैबरीलै) गरी १२ ओटा चलचित्रको सम्पादन गरीसकेका छन् । 

उनले सबै भन्दा पहिले विपिन मल्लको सहायक भएर मैले भुल्नै सकिन भन्ने फिल्ममा काम गरेका थिए ।

सुरुवातको समयमा म्युजीक भिडियोको निर्देशक बन्ने चाहानाले यो क्षेत्रमा प्रवेश गरेका उनि अन्तत ः चलचित्रको सम्पादक बन्न पुगेको बताउँछन् । 

तत्कालीन समयमा यसै क्षेत्रमा काम गरीरहेका बुवा उत्तम कुमार खड्काको माध्यमबाट चलचित्र सम्पादक बिपिन मल्लको सम्पर्कमा पुग्दा पनि उनलाई आफु चलचित्र सम्पादक बन्दै छु भन्ने थाहा थिएन । त्यस पछि उनले करिब ६ महिना सम्म कम्युटर नछोईकन मल्लको छेउमा मात्रै बसेर हेरेका थिए । त्यस पछि बिस्तारै कम्प्युटर चलाउँदै सिक्दै जाँदा यो अबधिमा उनि नेपाली चलचित्र क्षेत्रको स्थापीत सम्पादकहरुको सुचीमा परीसकेका छन् । 

चलचित्र वडा नं. ६ बाट ४ ओटा अर्वाड कार्यक्रमको उत्कृष्ठ ५ भित्र पर्न सफल भएका ख्डकाले एक दिन राष्ट्र प्रमुखको हातबाटै सम्पादन बिधामा अर्वाड पाउने दृढ संकल्प लिएर काम गरीरहेको बताउँछन् ।  

Powered by Blogger.