सुक्रबारबाट हल हलमा एक्स्ट्रा मायाँ !


आगामी सुक्रबारबाट चलचित्र एक्स्ट्रा मायाँ प्रर्दशन हुँदै छ । यो चलचित्रलाई बिगतमा निर्माण नियन्त्रक भएर चलचित्रमा काम गरीरहेको अनुभवी चलचित्रकर्मी कुमार सिलवालले निर्माण गरेका हुन् भने उनि सँग कमल फुयाँल,कमल आर.के र राजेश खड्कीले सहकार्य गरेका छन् । 

रिच ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको एक्ट्रा मायाँलाई सोम कुसकुमाझीले निर्देशन गरेका छन् । 
प्रेम कथामा बनिरहेका हालका चलचित्रहरु भन्दा यो चलचित्र अलि फरक शैलीको भएको निर्माता कुमार सिलवालले नेप्लीउडलाई बताए । 

चलचित्रमा सुष्मिता बुर्लाकोटी,अर्जुन खड्का,सानी सुनुवार,एमन माझी,शोभा भण्डारी,सरिता लामा लगायत कलाकारले अभिनय गरेका छन्, भने बिरवल माझी,कुमार माझी सह निर्माता,बासु न्यौपानेको छायांकन,समिर मियाँको सम्पादन,दिनेश लिम्बुको कोरीयोग्राफी रहेको छ ।

यो चलचित्रलाई करण श्रेष्ठले बितरण गर्दैछन् । 



Powered by Blogger.